Kathmandu Press

कतारविरद्ध नेपालको खराब ब्याटिङ, १११ रनमै गुमायो ९ विकेट

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७, आसिफ सेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ सेखले समान ११ रन बनाए।
कतारविरद्ध नेपालको खराब ब्याटिङ, १११ रनमै गुमायो ९ विकेट

काठमाडाैं, वैशाख १४ : एसिसी प्रिमियर कप क्रिकेटको समूहको अन्तिम खेलमा नेपालले कतारविरुद्ध निकै खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८ओभरमा १११ रन बनाउँदा ९ विकेट गुमाएको छ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७, आसिफ सेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ सेखले समान ११ रन बनाए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा कतारका ओइस अहमेद र अमिर आफूकले समान ३ विकेट लिँदा गायन मुनाविराले २ विकेट लिए।

नेपाल यो खेल अघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको छ। कतारसँग पराजित भए नेपाल समूहमा दोस्रो हुनेछ।

प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्