Kathmandu Press

समूह विजेता बन्‍ने लक्ष्यसहित नेपाल कतारसँग भिड्दै

नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो। 
समूह विजेता बन्‍ने लक्ष्यसहित नेपाल कतारसँग भिड्दै

काठमाडौं, वैशाख १४ : एसिसी प्रिमियर कपअन्तर्गत आज नेपालले समूह ए को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र कतारबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान ९ बजे सुरु हुनेछ।

समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। 

नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो। 

यो समूहबाट नेपालबाहेकका अरु खेलमा जित निकालेको ओमान ६ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ। ५ अंक जोडेको नेपालले पनि सेमिफाइनलमा स्थान पक्का गरेको अवस्था छ। 

आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ। 

समूह बी बाट युएई अन्तिम चारमा पुगेको छ। आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। नेपालले आजको खेलमा जित  हात पारे यो समूहका उपविजेतासँग खेल्नेछ। 

प्रकाशित मिति: ०८:०८ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्