शीर्ष स्थानको आर्सनलमाथी म्यानचेस्टर सिटीको सानदार जित
गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई हराएसँगै उपाधि होड झनै रोमाञ्चक बनेको हो।
काठमाडौं, वैशाख १४ : इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बन्दै गएको छ ।
गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई हराएसँगै उपाधि होड झनै रोमाञ्चक बनेको हो।
गएराति सिटीले आर्सनललाई ४–१ गोलले हरायो । सिटीका लागि केभिन डी ब्रुएइनले २ तथा इर्लिङ हालान्ड र जोन स्टोन्सले एक, एक गोल गरे । आर्सनलका रब होल्डिङले एक गोल फर्काए । सिटीको ३१ खेलमा ७३ अङ्क रहेको छ भने दुई खेल बढी खेलेको आर्सनलको ७५ अङ्क छ ।
गएराति नै भएका अरु खेलमा लिभरपुलले वेस्टह्यामलाई २–१ गोलले र नटिङ्घम फरेस्टले ब्राइटनलाई ३–१ गोलले हराएका छन् । चेल्सी ब्रेन्टफोर्डसँग २– ० गोलले पराजित भयो ।
प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











