Kathmandu Press

गोलरहित बराबरी खेल्दै थ्री स्टार र मछिन्द्रले बाँडे अंक

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा  थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन्।
गोलरहित बराबरी खेल्दै थ्री स्टार र मछिन्द्रले बाँडे अंक

काठमाडौं, वैशाख १३ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन्।

निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। यस बराबरीसँगै थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्