Kathmandu Press

संकटामाथि सातदोबाटोको सानदार जित

सातदोबाटोको जितमा दिपकराजसिंह ठकुरी र विलियम ओपोकुले समान २ गोल गरे। उसले दुवै हाफमा समान २ गोल गरेको थियो।
संकटामाथि सातदोबाटोको सानदार जित

काठमाडाैं, वैशाख १३ : सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले सानदार जित निकालेको छ। बुधबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटा क्लबमाथि ४–०को जित निकाल्यो।

सातदोबाटोको जितमा दिपकराजसिंह ठकुरी र विलियम ओपोकुले समान २ गोल गरे। उसले दुवै हाफमा समान २ गोल गरेको थियो।

१० औं मिनेटमा ओपोकुले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए। १८औं मिनेटमा ओपोकुले नै सातदोबाटोको अग्रता दोब्बर बनाए। पहिलो हाफ २–०मै सकियो।

६८औं मिनेटमा दिपकले सातदोबाटोका लागि तेस्रो गोल गरे । ८२औं मिनेटमा दीपकले नै गोल गरेपछि सानदोबाटोले संकटामाथि ४–०को जित निकाल्यो।

यो जितसँगै सातदोबाटो लिगको तेस्रो स्थानमा उक्लिएको छ। छैठौं जित निकालेको उसले १२ खेलबाट २१ अंक जोडेको छ। संकटा १२ खेलबाट १५ अंकसहित नवौँ स्थानमा छ।

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्