Kathmandu Press

यू–१७ एसियन कप छनोमा इरानसँग भिड्दै नेपाली महिला टिम

जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुने खेल साँझ ६ः४५ बबे सुरु हुनेछ।
यू–१७ एसियन कप छनोमा इरानसँग भिड्दै नेपाली महिला टिम

काठमाडौं, वैशाख १३ : यू–१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज इरानसँग खेल्दै छ। जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुने खेल साँझ ६ः४५ बबे सुरु हुनेछ।

विष्णु गुरुङको प्रशिक्षणमा रहेको नेपाली टिम सुखद नतिजाको लक्ष्यसहित मैदान उत्रने छ। तर, बलियो इरानविरुद्ध नेपाललाई सुखद् नतिजा ल्याउन त्यति सहज भने हुने छैन।

तीन टिम सहभागी समूह एचमा नेपाल र इरानसँगै आयोजक जोर्डन छ। समूहको शीर्ष स्थानमा रहने टिम छनोटको दोस्रो चरण पुग्ने छ। नेपालले टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ।

यू–१७ एसियन कप अर्को वर्ष इन्डोनेसियामा हुनेछ।

नेपाली टोली

सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी (गोलकिपर), अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई (डिफेन्डर), माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ (मिडफिल्डर), सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ (स्ट्राइकर)

प्रकाशित मिति: ११:१३ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्