Kathmandu Press

ए डिभिजन लिग : मनाङको लगातार पाँचौं हार, फ्रेन्ड्सले एनआरटीलाई हरायो

सातौं चरणसम्म अपराजित रहेको मनाङले त्यसपछि लागातार ५ खेल हारेको छ।
ए डिभिजन लिग : मनाङको लगातार पाँचौं हार, फ्रेन्ड्सले एनआरटीलाई हरायो

काठमाडाैं, वैशाख १२ : सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबलले लागतार पाचौं हार ब्यहोरोको छ। सातौं चरणसम्म अपराजित रहेको मनाङले त्यसपछि लागातार ५ खेल हारेको छ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मनाङ पुछारमा रहेको विभागीय टिम नेपाल पुलिस क्लबसँग १–०ले पराजित भयो। पुलिसको जितमा मुहमद आसिकले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे।

मनाङ आठौं चरणमा सादोबाटो युथ क्लबसँग १–०ले भयो। त्यसपछि ऊ जावलाखेल युथ क्लबसँग ३–० र त्रिभुवन आर्मी क्लबसँग १–० र एफसी खुमलटारसँग २–१ले पराजित भयो।

यस्तै, मंगलबार नै भएको अर्को खेलमा फ्रेन्ड्स क्लब विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिम (एनआरटी)लाई ३–१ले हरायो। फ्रेन्ड्सको जितमा राफिक अमिन, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले गोल गरे भने एनआरटीका सन्जिव विष्टले गोल गरेका थिए।

१४औं मिनेटमा राफिक अमिनुको गोलमा फ्रेन्ड्सले सुरुआती अग्रता लियो। ४१औं मिनेटमा एनआरटीका सन्जिव विष्टले गोल गरेपछि खेल १–१को बराबरीमा आयो। पहिलो हाफको इन्जुरी समयमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई पुनः अग्रता दिलाए।

त्यसपछि खेलको ७६औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को जित दिलाए।

लिगमा चौथो जित निकालेको फ्रेन्ड्स १४ अंकसहित १०औं स्थानमा उक्लिएको छ भने एनआरटी १३ अंकसहित ११औं स्थानमा छ। यस्तै, मनाङलाई हराएको पुलिस पुलिसले ९ अंकसहित पुछारमै छ भने १५ अंक जोडेको मनाङ आठौं स्थानमा छ।

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्