Kathmandu Press

नृत्य : तन्दुरूस्ती र दीर्घायुका लागि अमृत

हामी सबै जना कहिलेकाहीँ “नाइट आउट” मन पराउँछौं। केहीका लागि यो नृत्य पनि हुन्छ।

क्लब, कन्सर्ट, बार वा औपचारिक नृत्य कक्षा, एउटा राम्रो “डान....

नृत्य : तन्दुरूस्ती र दीर्घायुका लागि अमृत
सांकेतिक

हामी सबै जना कहिलेकाहीँ “नाइट आउट” मन पराउँछौं। केहीका लागि यो नृत्य पनि हुन्छ।

क्लब, कन्सर्ट, बार वा औपचारिक नृत्य कक्षा, एउटा राम्रो “डान्स पार्टी” घण्टौंसम्म चल्नसक्छ।

तनावपूर्ण सातापछि संगीतको धुनमा शरीरलाई खुकुलो बनाउने अवसर गज्जबकै हुन्छ। तर त्यसरी नाच्दा स्वास्थ्यलाई फाइदा पुग्छ र आयु पनि बढ्छ भन्ने कतिलाई थाहा होला! नृत्यका फाइदाबारे जानौं।

Hardik ivf

रमाइलो कार्डियो

“डान्स मुभ” जुनसुकै होस्, शरीर हल्लाउँदै नाच्नुको अर्थ “क्यालोरी बर्न“का लागि “लो इम्प्याक्ट कार्डियो वर्कआउट” हो। नियमित नाँच्ने गर्नाले मुटु तथा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्टामिना बढाउँछ, हाड र मांशपेसीलाई बलियो बनाउँछ र रोगबाट जोगाउँछ। नृत्यले साइक्लिङ वा दौडभन्दा धेरै फाइदा दिन्छ। नृत्यले लचकता, सन्तुलन, फूर्ति, समन्वय र प्रतिक्रिया दिने सीप बढाउँछ। 

मानसिक स्वास्थ्य

साथीभाइसँग रमाइला गीतमा नाचे आनन्द दिन्छ। नृत्युले मानसिक स्वास्थ्यमा सुधार ल्याउने अनुसन्धानले देखाएको छ। नाच्दा मानिस खुशी हुन्छ र उनीहरूको तनाव पनि कम हुन्। नृत्य गर्दा सेरोटोनिन र एन्डोर्फिनजस्ता “फिल गुड” गराउने हर्मोन उत्पादन हुन्छ। यसले मानिसलाई खुशी दिन्छ। याद गर्नुभएको छ, नाच्न थालेपछि तपाईंको मुस्कान रोकिँदैन नि!

मष्तिष्क तेज बनाउँछ

न्यू इङ्ग्ल्यान्ड जर्ल अफ मेडिसिनको एउटा अध्ययनले नियमित गरिने नृत्यले डिमेन्सियको जोखिम ७६ प्रतिशत घटाउने देखाएको छ।

कुनै बोर्ड गेम वा बाजा बजाउँदा पनि डिमेन्सियाको जोखिम उत्तिकै घट्ने देखिएको छ। जीवनभरि नृत्य गर्नेहरूको मष्तिष्कमा “ह्वाइटर म्याटर” बढी हुने देखिएको छ जसले सोच्ने शक्ति र समस्या समाधान गर्ने शक्ति बढाउँछ। एकछिन् सोंच्नुहोस् त, नृत्यका चलाहरू सम्झिन कति गाह्रो छ!

अझै विश्वास लागेन? आफूलाई नाच्न आउँदैन भनेर सोंचिरहनु भएको होला। खासमा जोकोही पनि नाच्न सक्छन्। नाच्नका लागि कुनै उपकरण चाहिँदैन र खर्च पनि लाग्दैन। घरको गोपनियतामा युट्युबका भिडियो हेरेर सुरू गर्नुहोस्। त्यहाँबाट आत्मविश्वास बढ्नेछ। यो व्यायाम गर्ने एउटा प्रभावकारी तरिका पनि हो। रमाइलो लागे मानिसहरू नियमित कसरत गर्नसक्छन्। त्यसैले पनि नाच्नुपर्छ।

हेल्थी होलिस्टिक लिभिङ्ग


 

प्रकाशित मिति: ०६:५६ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्