Kathmandu Press

भरतपुर विमानस्थलको स्तरोन्नति अनिवार्य :  प्रचण्ड

काठमाडौं, माघ १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको स्तरोन्नति अनिवार्य भएको बताएका छन्।&nb....

भरतपुर विमानस्थलको स्तरोन्नति अनिवार्य :  प्रचण्ड

काठमाडौं, माघ १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको स्तरोन्नति अनिवार्य भएको बताएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आयोजनामा सोमबार आयोजित कार्यक्रममा उनले भरतपुर विमानस्थलको विस्तार र स्तोरोन्नती अविार्य भएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताए।

उनले विमानस्थल विस्तारमा पर्यटन मन्त्री योगेश भट्टराईले देखाएको तदारुकताको प्रशंसा गर्दै तीव्र शहरीकरणमा सुरक्षित र व्यवस्थित विमानस्थल अनिवार्य भएको बताए।

कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताउँदै सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाइने जानकारी दिए। 

भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले भरतपुर विमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई बाग्मती प्रदेशको मुख्य विमानस्थलको रुपमा विकास गरिनुपर्ने आवश्यकता रहेको बताइन्। उनले चितवन शैक्षिक तथा मेडिकल हबको रुपमा विकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्यधिक बढेको बताइन्। 

छलफल कार्यक्रममा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको आवश्यकता, प्राविधिक तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारिम्भक रिपोर्ट प्रस्तुत गरेका थिए। 
 

प्रकाशित मिति: १९:२६ बजे, सोमबार, माघ १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्