खुमलटारमाथि एपिएफकाे जित
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो।
काठमाडाैं, वैशाख ११ : राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली एपिएफ क्लबले सहज जित हासिल गरेको छ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो।
एपिएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले एक एक गोल गरे। खेलको २६ औं मिनेटमा रमानीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ७० औं मिनेटमा बिडोमले गोल गर्दै एपिएफलाई २-० को जित दिलाए। एपीएफको यो पाँचौं जित हो। जितसँगै एपीएफले १२ खेलमा १७ अंक जोडेको छ। एपीएफ पाँचौं स्थानमा उक्लिएको छ।
खुमलटार १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
प्रकाशित मिति: १७:५५ बजे, सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











