पशुपति शर्माको गीत आज ५ बजे माइतीघर मण्डलामा बजाईने
काठमाडौं, फागुन ५ : स्वतन्त्र नागरिक समुहले आज अपरान्ह ५ वजे सरकारले प्रतिवन्ध लगाएको पशुपति शर्माको लुट्न सके लुट बोलको गीत बजाउने भएको छ । साँझ....
काठमाडौं, फागुन ५ : स्वतन्त्र नागरिक समुहले आज अपरान्ह ५ वजे सरकारले प्रतिवन्ध लगाएको पशुपति शर्माको लुट्न सके लुट बोलको गीत बजाउने भएको छ । साँझ ५ वजे स्पीकर राखेर सार्वजनिक स्थलमा उक्त गीत बजाउने कार्यक्रम राखिएको छ ।
स्वतन्त्र नागरिकहरुले आज माईतीघर मण्डलामा उक्त गीत वजाएपछि यो अभियानलाई देशभर लैजाने बताएका छन् । उनीहरुले सार्वजनिक स्थल, सार्वजनिक सवारी साधन, रेष्टटुरेन्ट लगायतमा पनि शर्माको उक्त गीत बजाउने तयारी गरेको छ ।
प्रकाशित मिति: १०:३२ बजे, आइतबार, फागुन ५, २०७५
थप समाचार






