Kathmandu Press

नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

समूह एमा यसअघिका दुवै खेल जितेको नेपाल १ खेल खेल्न बाँकी छँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

काठमाडाैं, वैशाख ११ : नेपाल एसिसी प्रिमियर कपको सेमिपाmइनलमा प्रवेश गरेको छ। साउदी अरेबियासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह एबाट सेमिफाइनलमा पुगेको हो।

मुलपालनी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीबीचको खेल वर्षाले रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन्।

समूह एमा यसअघिका दुवै खेल जितेको नेपाल १ खेल खेल्न बाँकी छँदै नेपाल सेमिफाइनलमा पुगेको हो।  

नेपालले यसअघि मलेसियालाई ६ विकेट र ओमानलाई ८४ रनले हराएको थियो। अब नेपालले लिगको अन्तिम खेलमा कतारको सामाना गर्नेछ।

३ खेलमा १ जित र १ हारसहित साउदीले ३ अंक जोडेको छ, र उ तेस्रो स्थानमा छ। ओमान ४ अंकसहित दोस्रो स्थानमा छ। अब यो समूहको सेमिफाइनल पुग्ने दोस्रो टिमको टुंगो साउदी र ओमानबीचको खेलबाट लाग्ने छ।

यस्तै आजै कीर्तिपुरमा मैदानमा हुने भनिएको हङकङ र बहराइनबीचको खेल पनि स्थागित भएको छ। लागतारको वर्षापछि खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडे ।

खेल रद्दभएसँगै समूह बीबाट हङकङ पनि एक खेल बाँकी छँदै सेमिफाइनल पुगेको छ । उसले ३ खेलमा ५ अंक जोडेको छ। ३ अंक जोडेको बहराइनको पनि सेमिफाइनल सम्भावना कायमै छ।

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्