वर्षाले नेपाल र साउदीबीचको खेल प्रभावित
तर, हल्का पानी परिहेकाले टस पनि हुन सकेको छैन । आइतबारदेखि नै पानी परिरहेकाले खेल हुने सम्भावना कम छ।
काठमाडाैं, वैशाख ११ : आइतबार साँझदेखि नै परिरहेको वर्षाका कारण नेपाल र साउदी अरेबियाबीचको खेल प्रभावित भएको छ। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदीबीचको मुलपानी क्रिकेट मैदानमा हुने तालिका थियो ।
तर, हल्का पानी परिहेकाले टस पनि हुन सकेको छैन । आइतबारदेखि नै पानी परिरहेकाले खेल हुने सम्भावना कम छ।
प्रतियोगिताको समहू एमा रहेको नेपाल लागतार दुई जित निकाल्दै शीर्ष स्थानमा छ। नेपालले यसअघि मलेसियालाई ६ विकेट र ओमानलाई ८४ रनले हराएको थियो। यता, साउदीले भने २ मध्ये समान १ जित र हार व्यहोरेको छ। उ मलेसियासँग ८ विकेटले पराजित हुँदा कतारलाई ७ विकेटले हराएको थियो।
यस्तै, कीर्तिपुरस्थित टियू मैदानमा हुने बहराइन र हङकङबीचको खेल पनि वर्षाले प्रभावित भएको छ। यो खेलको पनि टस हुन सकेको छैन।
प्रकाशित मिति: ११:३० बजे, सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











