Kathmandu Press

संकटालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा

आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले संकटा क्लबलाई ३–०ले हरायो।
संकटालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा

काठमाडाैं, वैशाख १० : सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले संकटा क्लबलाई ३–०ले हरायो।

यो जितसँगै थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारको २१ अंक भएको छ। लिगमा २३ अंकसहित जावलाखेल युथ क्लब शीर्ष स्थानमा छ।

थ्री स्टारको यो लगातार दोस्रो जित हो । जवालखेलविरुद्धको खेल गुमाएयता थ्री स्टारले ६ खेलमा १४ अंक बटुलेको छ । संकटा भने १५ अंकमै सीमित रह्यो।

थ्री स्टारको जितमा मार्टिन्स अजयीको २ गोल तथा सन्तोष साहुखलले १ गोल गरे।

४२औं मार्टिन्सको गोलमा थ्री स्टारले सुरुआती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो। ४६औं मिनेटमा मार्टिन्सले नै थ्री स्टारको अग्रता दोब्बर बनाए।

५१औं मिनेटमा मार्टिन्स ह्याट्रिक गर्न चुके । उनी पेनाल्टीमा गोल गर्न असफल भए। त्यसपछि इन्ज्युरी समयको आठौं मिनेटमा सन्तोष साहुखलले गोल गरेपछि थ्री स्टार ३–०ले विजयी भयो।

प्रकाशित मिति: २१:२७ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्