Kathmandu Press

यू–१६ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुआत

स्थानीय फाप्ला क्रिकेट मैदानमा भएको सूदुरपश्चिम कर्णाली प्रदेशलाई ९७ रनले हरायो।
यू–१६ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुआत

धनगढी, वैशाख १० : आजबाट धनगढीमा सुरु भएको यू–१६ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। स्थानीय फाप्ला क्रिकेट मैदानमा भएको सूदुरपश्चिम कर्णाली प्रदेशलाई ९७ रनले हरायो।

सुदूरपश्चिम १४८ रनको विजय लक्ष्य पछ्याएरको कर्णाली प्रदेश १९.३ ओभरमा ५० रनमै अलआउट भयो । उसका लागि आदित्य विक्रम शाहले २० रन बनानु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले समान ३ विकेट लिए भने विक्रम साउदले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनायो । उसका लागि नरेन भट्टले अर्धशतकीय पारी खेले। नटआउट रहेका उनले ६६ बलमा ७१ रन बनाए ।

यस्तै, रीतिक थापाले १८, रविन भण्डारी र आशिष बलायरले समान १२को योगदान दिए । कर्णाली प्रदेशका लागि दीप पौडेल र आदित्य विक्रम शाहले समान २ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत सोमबार लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच तथा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गरेका छन्।

प्रकाशित मिति: २१:०३ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्