ए डिभिजन लिग : सातदोबाटो बराबरीमा रोकियाे
ललितपुरस्थित च्यासल मैदानमा आइतबार सातदोबाटोले हिमालयन शेर्पा क्लबसँग २–२ गोलको बराबरी खेलेको हो।
काठमाडौं, वैशाख १० : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ।
ललितपुरस्थित च्यासल मैदानमा आइतबार सातदोबाटोले हिमालयन शेर्पा क्लबसँग २–२ गोलको बराबरी खेलेको हो।
खेलको पहिलो मिनेटमै दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ७२औं मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ८०औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए।
त्यसपछि खेलको ८३औं मिनेटमा सुशील राईले गोल गर्दै हिमालयनलाई २–२ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ। हिमालयनले ११ खेलमा १० अंक जोडेको छ।
प्रकाशित मिति: १७:५० बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











