Kathmandu Press

एसिसी प्रिमियर कप : मलेसियाविरूद्ध ओमान ८ विकेटले विजयी

पहिला ब्याटिङ गर्दै मलेसियाले दिलएको २२८ रनको मध्यम लक्ष्य ओमानले ४१।२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। 
एसिसी प्रिमियर कप : मलेसियाविरूद्ध ओमान ८ विकेटले विजयी

काठमाडाैं, वैशाख १० : काठमाडाैंमा जारी एसिसी प्रियिमर कप क्रिकेटमा ओमान विजयी भएको छ। आइतबार मुलपानी क्रिकेट मैदानम भएको खेलमा ओमानले मलेसियामाथि ८ विकेटको जित निकाल्यो। 

पहिला ब्याटिङ गर्दै मलेसियाले दिलएको २२८ रनको मध्यम लक्ष्य ओमानले ४१।२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। 

ओमनको जितमा ओपनर जतिन्दर सिंहले सानदार शतक प्रहार गरे भने कप्तान जिसन मक्सुदले अराउन्डर प्रदर्शन गरे। जतिन्दरले १११ बलमा १३ चौका १ छक्का प्रहार गर्दै १०१ रन बनाए भने जिसनले ५८ बमाल १० चौका प्रहार गदै ५२ रन बनाए। 

यस्तै, अर्का ओपनर कश्यप प्रजापतिले ६९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६६ रन बनाए । कश्यप र जतिन्दरले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए । जतिन्दर र जिसनले तेस्रो विकेटका लागि १ सय रनको साझेदारी गरे।

मलेसियाका लागि दुवै विकेट मुहम्मद आमीरले लिए। त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले निधाएीरत ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनायो। उसका लागि विरन्दीप सिंहले ९४ रनको उत्कृष्ट इनिङ खेले । उनले १४४ बलमा १३ चौका प्रहार गरे। 

यस्तै, मुहमद स्याहदतले ६० बलम ६ चौका र १ छक्का मद्दतमा ५५ रन बनाए। मुहम्मद आमीरले २०, मुहम्मद वाफिकले १९ र शेयद अजिजले १८ रनको योगदान दिए।

मलेसियालाई सस्तैमा रोक्ने क्रममा ओमानका कप्तान जिसन मक्सुदले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। यस्तै, बिलाल खान र आयन खानले समान २ विकेट लिए।
ध्चष्तभ तय ःबजभकज प्बचपष्
 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्