म्यानचेस्टर सिटी एफए कपको फाइनलमा, महारेजको ह्याट्रिक
वेम्बलीमा गएराती भएको सेमिफाइलन खेलमा सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सिटी फाइनलमा पुगेको हो। सिटी ३–० ले विजयी भएको खेलमा सबै गोल रियाद महारेजले गरेका हुन्।
एजेन्सी, वैशाख १० : म्यानचेस्टर युनाइटेड एफए कपको फाइनल प्रवेश गरेको छ।
वेम्बलीमा गएराती भएको सेमिफाइलन खेलमा सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सिटी फाइनलमा पुगेको हो। सिटी ३–० ले विजयी भएको खेलमा सबै गोल रियाद महारेजले गरेका हुन्।
खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै महारेजले सिटीलाई सुरूवाती अग्रता दिलाए। दोस्रो हाफको ६१ औं र ६६ औं मिनेटमा गोल गर्दै महारेजले ह्याट्रिक पूरा गरेका हुन्।
अब सिटीले उपाधिका लागि ब्राइटन र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्ने छ।
प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार