घरमै चट्याङ पर्दा एकको मृत्यु, १० घाइते
पाँचथर, फागुन ५ : पाँचथरमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
शनिबार झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालि....

पाँचथर, फागुन ५ : पाँचथरमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
शनिबार झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा लगिएको छ ।
पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ ।
त्यस्तै, शनिबारनै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठ घाइते भएका छन् ।
स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको स्थानीय बासिन्दा घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
पाँचथरकै फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका छन् ।











