ओरालो यात्रामा मनाङ, खुमलटारसँग पराजित
आठौं चरणमा मनाङ सादोबाटो युथ क्लबसँग १–०ले भयो। त्यसपछि उसको ओरालो यत्रा सुरु भयो । त्यसपछि ऊ जावलाखेल युथ क्लबसँग ३–० र त्रिभुवन आर्मी क्लबसँग १–०ले पराजित भयो।
काठमाडाैं, वैशाख ९ : सहिद स्मारक लिगको सर्वाधिक सफल क्लब हो, मनाङ मर्स्याङ्दी। लिग सुरु हुनै लाग्दा स्टार खेलाडीहरूले क्लब छाडेपछि मनाङ दबाबमा पर्यो ।
त्यसपछि उसले लिगमा टिकिरहने उद्देश्यसहित युवा खेलाडीलाई अनुन्धन गर्यो, र लिगको सुरुआत गर्यो ।
तर, मनाङले लिगमा अपेक्षाभन्दा राम्रो सुरुआत ग¥यो। लिगको सातौं चरण सकिँदासम्म अपराजित रहँदै मनाङ शीर्ष स्थजानमा थियो।
आठौं चरणमा मनाङ सादोबाटो युथ क्लबसँग १–०ले भयो। त्यसपछि उसको ओरालो यत्रा सुरु भयो । त्यसपछि ऊ जावलाखेल युथ क्लबसँग ३–० र त्रिभुवन आर्मी क्लबसँग १–०ले पराजित भयो।
शनिबार भएको खेलमा मनाङ नवप्रवेशी क्लब एफसी खुमलटारसँग २–१ले पराजित भयो। खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे भने मनाङका लागि कोफी टिमोथी कुडोले एक गोल गरे।
१३औं मिनेटमा मेसुकेको गोलमा खुमलटारले सुरुआती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो । ५३औं मिनेटमा टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई बराबरीमा ल्याए।
तर, खेलको ६१औं मिनेटमा टिमोथी कुडो पेनाल्टीमा गोल गर्न चुक्दा मनाङले खेलमा अग्रता लिने अवसर गुमायो। त्यसपछि खेलको इन्जुरी समयमा मेसुकेले गोल गर्दै खुमलटारलाई जित दिलाए।
लिगमा चौथो जित निकालेको खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ। लगातार चौथो हार व्यहोरोको मनाङको १५ अंक छ।











