पिएसजी उपाधि उन्मूख

काठमाडाैं, वैशाख ९ : फ्रेन्च क्लब पिएसजी लिग वानको उपाधि नजिक पुगेको छ। शुुक्रबार राति भएको खेलमा एन्जर्सलाई २–१ ले हराउँदै पिएसजी उपाधि नजिक पुगेको हो।
एन्गर्सविरुद्ध पिएसजीलाई जित दिलाउन किलियन एम्बाप्पेले सानदार प्रदर्शन गरे। उनले खेलको पहिलो हाफ २ गोल गरे।
एम्बाप्पेले नवौं मिनेटमा जुलियन ब्रान्टको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। २६औं मिनेटमा उनले लियोनल मेसीको पासमा टिमको अग्रता दोब्बर बनाए। सबैखाले प्रतियोगितामा गरी एमबाप्पेले यस सिजन ३४ गोल गरेका छन्।
एन्जर्सका लागि सादा थिउबले ८७औं मिनेटमा गोल फर्काए । तर, त्यो टिमको हार टार्न पर्याप्त भएन।
जितपछि पीएसजीले ३२ खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको मार्सेमाथि ११ अंक अग्रता बनाएको छ । ३२ खेलबाट १४ अंक मात्र रहेको एन्गर्स अंकतालिकामा पुछारमा छ ।
प्रकाशित मिति: १०:०८ बजे, शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











