एनआरटीले एपिएफलाई हरायो, आर्मी र पुलिसले खेले बराबरी

काठमाडाैं, वैशाख ८ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ। शुक्रबार च्यासल मैदानमा भएको खेलमा एनआरटीले एपीएफलाई १–० ले हरायो।
एनआरटीका लागि सञ्जीव विष्टले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे ।
त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीले गोलरहीत बराबरी खेल्दै अंक बाडेका छन् । दुवै टिम फिनिसिङम चुक्दा अंक बाँड्न बाध्य भए।
जितसँगै न्युरोड टीम १३ अंकका साथ तालिकाको १० औ स्थानमा छ भने एपिएफ १४ अंकका साथ तालिकाको आठौं स्थानमा छ । बराबरीसँगै पुलिस ६ अंकका साथ तालिकाको पुछारमा रहेको छ भने आर्मी १६ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।
प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











