Kathmandu Press

कीर्तिमानले भरिएको नेपालको जित

ओमानविरुद्ध प्राप्त जितमा अलराउन्डद्वय कुशल मल्ल र सोमपाल कामीको ब्याट मज्जाले चल्यो भने बलिङमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र करण केसी चले।
कीर्तिमानले भरिएको नेपालको जित

काठमाडाैं, वैशाख ८ : घरेलु मैदानमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले लागतार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थि टियू मैदानमा लगातार दोस्रो निकाल्ने क्रममा नेपालले ओमानमाथि ८४ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले ४६.३ ओभरमा २२६ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो।

ओमानविरुद्ध प्राप्त जितमा अलराउन्डद्वय कुशल मल्ल र सोमपाल कामीको ब्याट मज्जाले चल्यो भने बलिङमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र करण केसी चले। ओमानविरुद्धको जितमा थुप्रै कीर्तिमानै कीर्तिमान बनेका छन्।

सन्दीपको विश्व कीर्तिमानी सय विकेट

ओमानविरुद्ध लेगस्पिनर सन्दीप लामिछानेले पुनः एक पटक सानदार प्रदर्शन गरे। आफ्नो पहिलो ओभरमै ओमानका अदिल सफिकलाई एलबिडब्लु आउट गर्दै सन्दीपले एकदिवसीय क्रिकेटमा १ सय विकेट पुरा गरे।

sandeep1682076690.jpg

४२ खेलमा १ सय विकेट लिएका सन्दीप सर्वाधिक छिटो १ सय विकेट लिने खेलाडी बने । यक्रममा सन्दीपले अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडे । रसिद ४४ खेलमा यो १ सय विकेट लिएका थिए।

यस्तै, सन्दीप नेपालका लागि एकदिवसीयमा १ सय विकेट एक्लो खेलाडी पनि बने। ओमानविरुद्ध सन्दीपले ८ ओभरमा ४५ रन खर्चेर ३२ विकेट लिए।

कुशलको कीर्तिमानी शतक

७४–४को स्थितमा क्रिजमा आएका युवा अलराउन्डर कुशल मल्ले ओमानविरुद्ध आक्रामक ब्याटिङ गर्दै शतक प्रहार गरे। १९ वर्ष ४७ दिनमा शतक बनाएका उनी एकदिवसी क्रिकेटमा शतक बनाउने नेपालका सबैभन्दा कान्छा खेलाडी बने ।

यस्तै, एकदिवसीय क्रिकेटमा भने उनी आठौं स्थानमा रहे। एकदिवसीयमा शतक बनाउने कान्छा खेलाडी पाकिस्तानका साहिद अफ्रिदी हुन्। उनले १६ वर्ष २१७ दिनमा शतक प्रहार गरेका थिए।

६४बल खेल्दै ९ चौका र १० छक्काको मद्दतमा कुशलले १०८ रन बनाए । उनले शतक भने ५९ बलमा प्रहार गरे। यो एकदिवसीय क्रिकेटमा नेपालको सर्वाधिक छिटो शतक हो। यक्रममा उनले ९० बलमा शतक बनाएका कप्तान रोहितकुमार पौडेललाई पछि पारे।

kushal1682076689.jpg

कीर्तिपुरमै अमेरिकाविरुद्ध सन् २०१८मा अमेरिका विरुद्ध डेब्यू गरेका कुशल नेपालका लागि एकदिवसीयमा शतक प्रहार गर्ने पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्वकप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र कुशल भुर्तेलले शतक बनाएका छन्।

एक इनिङमा सर्वाधिक छक्का

१९ वर्षीय कुशल अहिले उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताको पहिलो खेलमा कुवेतविरुद्ध पनि २८ बलमा अर्धशतक प्रहार गरेका छन्।

शुक्रबार कीर्तिपुर मैदानमा पनि कुशल सोही लय समात्दै आक्रामक ब्याटिङ गर्दै मेडन शतक बनाए । यसक्रममा कुशलले कुल १० छक्का प्रहार गरे। यो कुनै पनि नेपाली खेलाडीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो।

nnn1682076689.jpg

एकदिवसीय क्रिकेटको सर्वाधिक रन

कुशल र सोमपाल कार्मीको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले पहिला ब्याटिङ गर्दै ओमानविरुद्ध ३१० रन बनायो । यो नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रन हो। नेपालले पहिलो पटक ३ सयबढी रन बनाएको हो।

यसअघि एकदिवसीय क्रिकेटमा नेपालको सर्वाधिक रन २९७ थियो । गत जनवरीमा टियू मैदानमै नेपालले पपुवा न्युगिनीविरुद्ध यो रन बनाएको थियो।

 

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्