Kathmandu Press

कुशल र सन्दीपको कीर्तिमानी इनिङमा नेपालको जित

प्रतियोगिता अन्तर्गत शुक्रबार कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको जित निकाल्यो।
कुशल र सन्दीपको कीर्तिमानी इनिङमा नेपालको जित

काठमाडाैं, वैशाख ८ : कुशल मल्ल र सन्दीप लामिछानेले कीर्तिमानी इनिङ खेलेपछि एसिसी प्रियिमर कपका नेपालले लागतार दोस्रो जित निकालेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको जित निकाल्यो।

लागतार दोस्रो जितसँगै नेपालको समूह एबाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ४६.३ ओभरमा ९ विकेटको क्षतिमा २२६ रनमात्र बनाउन सक्यो । उसका अकिब इल्यास ब्याटिङमा उलब्ध हुन नसकेपछि नेपाल विजयी भयो।

उसका लागि मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाए । उनले ८४ बलमा ७ चौका र १ छक्क प्रहार गरे। यस्तै, सन्दीप गौदले ५६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए ।

यस्तै, आयन खानले २८ बलमा २९, कास्यप प्रजापतिले ३५ बलमा २५ रन बनाउँदा फयाज बुट १९ रनमा आउट भए।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

सन्दीपले आफ्नो पहिलो ओभरमा अदिल सफिकलाई एलबिडब्लु धरापमा पार्दै एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान आफ्नो नाममा लेखाए। उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट खेलाडी बने ।

यसक्रममा सन्दीपले अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडे। सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदा रसिदले ४४ खेलमा १ सय विकेट लिएका थिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक मद्दतमा ८ विकेटको क्षतिमा ३१० रन बनायो । यो नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रन हो।

दुवै ओपनरलाई शुन्य रनमै गुमाएपछि मिडल र तलो क्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले कीर्तिमानी योगफल बनायो । नेपालका लागि १९ वर्षीय युवा अलरान्डरले आक्रामक इनिङ खेल्दै शतक प्रहार गरे।

कशुृलले ६४ बल खेल्दै ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाए। उनको एकदिवसीय क्रिकेटको पहिलो शतक हो । नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने कान्छो खेलाडी बन्ने क्रममा उनले ५९ बलमा समान ९ चौका र ९ छक्का प्रहार गरे।

यस्तै, उनी नेपालका छिटो शतक बनाउने खेलाडी पनि बने । यसअघि कप्तान रोहित पौडेलले ९० बलमा शतक बनाएका थिए।

कुशल नेपालका लागि एकदिवसीयमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

कीर्तिपुरमै अमेरिकाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका कुशलले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन्।

यस्तै, नेपालका लागि अलरान्डर सोमपाल कामीले पनि अर्धशतक प्रहार गरे । एकदिवसीयमा दोस्रो अर्धशतक बनाउने क्रममा उनले ३९ बलमा ७ चौका प्रहार गरे। नटआउट रहेका उलने ४८ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाए।

यस्तै, करण केसीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट २९ रन बनाए। यी दुईले नवौं विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

त्यसअघि भीम सार्कीले ३३, आरिफ सेखले २९ र कप्तान रोहितकुमार पौडेलले २३ रन बनाए।

ओमानका लागि आयन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसन मक्सुद, फायद बुट, अकिब इल्यास र जतिन्दरसिंहले समान १ विकेट लिए।

 

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्