सन्दीपले २ ओभरमा ३ विकेट लिँदा ओमानमाथि नेपाल हावी
सन्दीपले आफ्नो पहिलो ओभरको तेस्रो बलमा अदिल सफिक र अन्तिम बलमा कप्तान जिसन मक्सुदलाई आउट गरेका थिए। अदिललाई एलबिडब्लु धरापमा पारेका सन्दीपले जिसनलाई बोल्ड गरेका जिए।
काठमाडाैं, वैशाख ८ : सन्दीप लामिछानेले पुनः एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि एसिसी प्रिमियर लिगको दोस्रो खेलमा नेपालले ओमानलाई दबाबमा राखेको छ। सन्दीपले २ ओभरमा ३ विकेट लिएपछि ३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानमाथि नेपालले दबाब बनाएको हो।
सन्दीपले आफ्नो पहिलो ओभरको तेस्रो बलमा अदिल सफिक र अन्तिम बलमा कप्तान जिसन मक्सुदलाई आउट गरेका थिए। अदिललाई एलबिडब्लु धरापमा पारेका सन्दीपले जिसनलाई बोल्ड गरेका जिए।
सफिकको विकेटसँगै सन्दीपले एकदिवसीय क्रिकेटमा नेपाल लेगस्पिनर सन्दीप लामिछानेले नयाँ कीर्तिमान बनाए । उनी सर्वाधिक छिटो १ सय विकेट खेलाडी बने ।
यसक्रममा सन्दीपले अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडे। सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदा रसिदले ४४ खेलमा १ विकेट लिएका थिए।
यस्तै, उनले आफ्नो दोस्रो ओभरको पहिलो बलमै काश्यप प्रजापतिलाई एलबिडब्लु आउट गराए।
यसअघि नेपाललाई ललित राजवंशीले ब्रेक थ्रु दिलाएका थिए।
ताजा अवस्थामा ओमानले १८ ओभरमा ७७ रन बनाउँदा ४ विकेट गुमाएको छ।











