Kathmandu Press

रसिद खानको कीर्तिमान ताेड्दै सन्दीपले लिए एकिदवसीय क्रिकेटमा सय विकेट

सन्दीप एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट खेलिने खेलाडी बनेका छन्।
रसिद खानको कीर्तिमान ताेड्दै सन्दीपले लिए एकिदवसीय क्रिकेटमा सय विकेट

काठमाडाैं, वैशाख ८ : नेपाली लेगस्पिर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा १ सय विकेट पुरा गरेका छन्।

एसिसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा ओमानविरुद्ध अदिल सफिकलाई एलबिडब्लु आउट गर्दै सन्दीपले एकदिवसीय क्रिकेटमा १ सय विकेट पुरा गरेका हुन्।

सन्दीपले ४२ खेलमा १ सय विकेट पुरा गरेका हुन्। योसँगै उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट खेलिने खेलाडी बनेका छन्। यो क्रममा सन्दीपले अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडे। रसिदले ४४ खेलमा १ विकेट लिएका थिए।

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्