Kathmandu Press

ललितले दिलाएर नेपाललाई पहिलो सफलता

ललितले चौथो ओभरको तेस्रो बलमा जतिन्दर सिंहलाई क्लिन बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
ललितले दिलाएर नेपाललाई पहिलो सफलता

काठमाडाैं, वैशाख ८ : ३११ रनको विशल लक्ष्य पछ्याइरहेको ओमानविरुद्ध ललितनराायण राजवंशीले नेपाललाई ब्रेक थ्रु दिलाएका छन्।

ललितले चौथो ओभरको तेस्रो बलमा जतिन्दर सिंहलाई क्लिन बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।

एसिसी प्रियिमर कपको दोस्रो खेलमा ३११ रनको लक्ष्प पछ्याएको ओमानले ४ ओभरको समाप्तिमा ३६ रन बनाएर खेलिरहेको छ।

त्ययसअघि पहिला ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक मद्दतमा पहिलो पटक एकदिवसीय क्रिकेटमा ३ रन पार गरेको थियो। कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाए । नेपालका लागि एकदिवसीयमा शतक बनाउने कान्छो खेलाडी बने।

यस्तै, सोमपाल कामीले ४८ बलमा ६३ रनको उत्कृष्ट इनिङ खेले।

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्