बालुवाटारको निर्देशनमा पशुपति शर्माको गीत युट्युबबाट हटाइयो
काठमाडौं, फागुन ५ : बालुवाटारको निर्देशनमा कलाकार पशुपति शर्माको 'लुट्न सके लुट' बोलको गीत युट्युबबाट हटेको छ ।
उच्च स्रोतका अ....
काठमाडौं, फागुन ५ : बालुवाटारको निर्देशनमा कलाकार पशुपति शर्माको 'लुट्न सके लुट' बोलको गीत युट्युबबाट हटेको छ ।
उच्च स्रोतका अनुसार शनिबार प्रधानमन्त्रीका सचिवलयमा पशुपति शर्माको उक्त गीतको अडियो र भिडियो हेरेर गायक शर्मालाई हटाउन निर्देशन दिइएको हो । 'गीतमा राष्टपतिदेखि सरकारी पदाधिकारीलाई अनावस्यक लान्छाना लगाइएको छ' प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले भने, 'गीत गाउन पाईन्छ, तर अनावस्यक लान्छनी लगाउनु दण्डनीय हुन्छ भनेपछि गायकले आफै गीत हटाएका हुन् ।'
सरकारले गायक शर्माले युट्टयुबाट गीत आफै हटाएको जिकिर गरेपनि शर्माले भने हिजै साँझ फेसबुकमा स्टाटस लेखेर आफुले समाजमा देखिएको विकृतिलाई गीत संगित मार्फत सकरात्मक भावना अनुसार सचेतना जगाएको बताउर्दै गीतप्रति आपत्ती भएकाले शव्दहरु परिमार्जन गर्न तत्काललाई युट्युबबाट हटाउन बाध्य भएको जनाएका छन् ।
सरकारको निर्देशनमा उक्त गीत शर्माले आफ्नो आधाकारीक युट्युब च्यानलबाट हटाएपनि अहिले उनको यो गीत भाईरल भएको छ । विभिन्न व्यक्ति र युट्युब च्यानलमा उक्त गीत राखिएको छ ।
सरकारको गीत/संगितमामा नियन्त्रण गर्ने कार्यको अहिले सामाजिक संजालमा चर्को विरोध भएको छ । गीत, संगीत, काटुर्न लगायतका क्षेत्रलाई पनि सेन्सर गर्ने सरकारको अलोकतात्रिक चरित्रप्रति सामाजिक संचालमा विरोध भएको छ ।
पछिल्लो समय एकपछि अर्को भ्रष्टाचार काण्ड, तस्करी तथा बलात्कारका पीडक लामो समयसम्म पनि पक्राउ पर्न नसक्नुसहितका सामाजिक विकृति बढ्दै गएका बेला त्यसको चित्रण उक्त गीतमा प्रस्तुत गरिएको थियो । संचार माध्याममा आएका विषयहरुनै गीतमा समाहित गरिएका थिए ।
हेर्नुस् पशुपति शर्माको गीत






