ओमानविरुद्ध सोमपालले बनाए अर्धशतक
ओमानविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललका लागि सोमपालले बिलाल खानको बलमा चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेका छन्।
काठमाडाैं, वैशाख ८ : एसिसी प्रिमियर लिगअन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपाली अलरान्डर सोमपाल कामीले पनि अर्धशतक प्रहार गरेका छन्।
ओमानविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललका लागि सोमपालले बिलाल खानको बलमा चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेका छन्।
आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३९ बलमा ७ चौका प्रहार गरे। यो सोमापालको एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक हो।
ताजा अवस्थामा नेपालल ४८ ओभरमा ८ विकेटको क्षतिमा २८७ रन बनाएर खेरिहेको छ। क्रिजमा सोमपालसँगै करण केसी छन्। दुवैले उत्कृष्ट ब्याटिङ गरिरहेका छन्।
प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार