Kathmandu Press

ओमानविरुद्ध कुशललेको कीर्तिमानी शतक

कीर्तिपुरस्थित टियू मैदानमा जारी ओमानविरुद्धको खेलमा कशुलले अक्युव इल्यासको बलमा छक्का प्रहार गर्दै शतक पुरा गरे।
ओमानविरुद्ध कुशललेको कीर्तिमानी शतक

काठमाडाैं, वैशाख ८ : नेपाली युवा अलरान्डर कुशल मल्ल एकदिवसीय क्रिकेटमा कीर्तिमान शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी ओमानविरुद्धको खेलमा कशुलले अक्युव इल्यासको बलमा छक्का प्रहार गर्दै शतक पुरा गरे।

योसँगै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने कान्छो खेलाडी बनेका छन्। उनी १९ वर्ष ४७ दिनका मात्र भए। यो उनको मेडल एकदिवसीय शतक हो।

यस्तै, कशुल एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी हुन्। करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा कुशलले ५९ बलमा समान ९ चौका र ९ छक्का प्रहार गरे।

कुशल नेपालका लागि एकदिवसीयमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

कीर्तिपुरमै अमेरिकाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका कुशलले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन्।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्