Kathmandu Press

नेपालले छैठौं विकेट गुमायो, दीपेन्द्र आउट

नेपालले ३औं ओभरको दोस्रो बलमा छैठौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो।
नेपालले छैठौं विकेट गुमायो, दीपेन्द्र आउट
फाइल तस्बिर ।

काठमाडाैं, वैशाख ८ : एसिसी प्रियिमर कपमा ओमानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले छैठौं विकेट गुमाएको छ। नेपालले ३औं ओभरको दोस्रो बलमा छैठौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो।

उनी आयन खानको बलमा क्लिन बोल्ड भए। उनले १२ बलमा ७ रन बनाए।

ताजा अवस्था नोपलले ३६ ओभरमा १७४ रन बनाउँदा ६ विकेट गुमाएको छ। क्रिजमा कुशल मल्ल र सोमपाल कामी छन्।

कुशल ७६ रन बनाएर खेलिरहेका छन्। उनले ५१ बलमा ८ चौका र ६छक्का प्हार गरेका छन्। प्रतियोगितामा लागतार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार अर्धशतक पुरा गरे ।

दुवै ओपनरलाई शुन्य रनमा गुमाएको नेपालका लागि भीम सार्कीले ५६ बलमा ३३ र कप्तान रोहितकुमार पौडेलल ३४ बलमा २३ रन बनाए भने आरिफ सेखले ४३ बलमा २९ रन बनाए।

ओमानका लागि बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद, जतिन्दर सिंह र फयाज बुटले समान १ विकेट लिए।

 

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्