Kathmandu Press

दबाबमा रहेको नेपालका लागि कुशल मल्ले बनाए अर्धशतक

कीर्तिपुरस्थि टियू मैदानमा जारी खेलमा ओमानविरुद्ध कुशलले दबाबमा रहेको नेपालका लागि ३० बलमा अर्धशतक प्रहार गरेका हुन्।
दबाबमा रहेको नेपालका लागि कुशल मल्ले बनाए अर्धशतक

काठमाडाैं, वैशाख ८ : घरेलु मैदानमा जारी एसिसी प्रियिमर कपमा युवा ब्याट्सम्यान कुशल मल्लले लागतार दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थि टियू मैदानमा जारी खेलमा ओमानविरुद्ध कुशलले दबाबमा रहेको नेपालका लागि ३० बलमा अर्धशतक प्रहार गरेका हुन्।

यसअघि उनले पहिलो खेलमा कुवेतविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए।

छैठौं नम्बरमा ब्याटिङका लागि आएका कुशलले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक पुरा गरे । कुशलको अर्धशत मद्दतमा नेपालले ३० ओभारमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको छ।

अहिले क्रिजमा कुशलसँगै आरिफ सेख छन्। उनी २९ बलमा २८ रन बनाएर खेलिरहेका छन्। यी दुईले पाँचौं विकेटका ७० रनको साझेदारी गरेका छन्।

यसअघि नेपालले दुवै ओपनरलाई शुन्य रनमा गुमाएको थियो । त्यसपछि भीम सार्कीले ५६ बलमा ३३ र कप्तान रोहितकुमार पौडेलल ३४ बलमा २३ रन बनाए।

ओमानका लागि बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद र फयाज बुटले समान १ विकेट लिए।

 

 

प्रकाशित मिति: ११:२६ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्