Kathmandu Press

आईपीएल क्रिकेटमा दिल्लीको पहिलो जित 

कोलकाताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका डेविड वार्नरले ५७ रनको अर्धशतकिय पारी खेले । कोलकाताका वरुण चक्रवर्ती, अनुकूल रोय र नितिश राणाले समान २-२ विकेट लिए ।
आईपीएल क्रिकेटमा दिल्लीको पहिलो जित 

काठमाडौं, वैशाख ८ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । दिल्लीको घरेलु मैदान अरुण जेट्लीमा गएराति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हरायो ।

कोलकाताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका डेविड वार्नरले ५७ रनको अर्धशतकिय पारी खेले । कोलकाताका वरुण चक्रवर्ती, अनुकूल रोय र नितिश राणाले समान २-२ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले अन्तिम बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो । उसका जेसन रोयले ४३ तथा आन्द्रे रसेलले अविजित ३८ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका एनरिच नोर्किया, अक्षर पटेल, कुलदीप यादव र इशान्त शर्माले समान २र२ तथा मुकेश कुमारले १ विकेट लिए ।

छैटौँ खेलमा २ अङ्क जोडेको दिल्ली अङ्कतालिकाको पुछारमा छ । समान खेलमा ४ अङ्कका साथ कोलकाता आठौँ स्थानमा छ ।

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्