ए डिभिजन लिग : थ्री स्टारले हिमालयन शेर्पालाई हरायाे
बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
काठमाडौं, वैशाख ७ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
थ्री स्टारको जितमा लाकेन लिम्बुले खेलको १४ औं मिनेटमा निर्णायक गोल गरे । खेलको ४८ औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुकेका थिए।
थ्री स्टारका पिटर सगुनले अबायोमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । तर, विश्वासले पोस्ट बाहिर प्रहार गरे।
जितसँगै थ्री स्टारले १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। हिमालयन ९ अंकका साथ १३औं स्थानमा रहेको छ।
प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











