Kathmandu Press

पुलिसलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा

बुधबार च्यासल मैदानमा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबमाथि ६–०को फराकिलो जित निकाल्दै जावलाखेल लिगको शीर्ष स्थानमा उक्लिएको छ।
पुलिसलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा

काठमाडाैं, वैशाख ६  : जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार च्यासल मैदानमा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबमाथि ६–०को फराकिलो जित निकाल्दै जावलाखेल लिगको शीर्ष स्थानमा उक्लिएको छ।

लिगको १०औं चरण चलिरहँदा जावलाखेलले २० अंक जोडेको छ, शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ। एक खेल कम खलेको जावलाखेल १७ अंकसहित दोस्रो स्थानमा छ। सातौं हार बेहोरेको पुलिस ५ अंकसहित पुछारमा छ।

पुलिसमाथि जावलाखेललाई सानदार जित दिलाउन हिसुब थपलिया र एनकोटो मासोबीले समान २ गोल गर्दा फोडे फोफाना र अब्दुललाजिज निशोनवाबले पनि गोल गरे। खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ६ गोल सम्भव भएको थियो।

फोफानाले २९औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेलमा जावलाखेलले सुरुआती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो।

यो सिजन निकै लयमा देखिएको जावलाखेलले दोस्रो हाफमा खेलमा पूर्णरुपमा दबाब बनाउँदै ५ गोल गरेको थियो । ५०औं मिनेटमा हिसुबले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि ६५औं मिनेटमा मासोबी र निसोनवाबले गोल गरेपछि खेलमा जावलाखेलले ४–०को अग्रता लियो ।

मासोबीले ७२औं र हिसुबले ८२औं मिनेटमा गोल गरेपछि जावलाखेलले ६–०को अग्रता लियो । ८८औं मिनेटमा पुलिका टिवुमले सान्त्वना गोल फर्काए।

 

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्