Kathmandu Press

कुवेतमाथि युएईको सानदार जित

बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा दुई खेलाडीको शतक मद्दतमा युएईले कुवेतमाथि १४३ रनको फराकिलो जित निकाल्यो।
कुवेतमाथि युएईको सानदार जित

काठमाडाैं, वैशाख ६ : वृत्या अलविन्द र अलराउन्डर रोहन मुस्तफाको शानदार शतक मद्दतमा एसिसी प्रिमियर कपमा युएईले विजयी सुरुआत गरेको छ।

बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा दुई खेलाडीको शतक मद्दतमा युएईले कुवेतमाथि १४३ रनको फराकिलो जित निकाल्यो।

टियू मैदानमा पहिला ब्याटिङ गर्दै युएईले दिएको ३७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभारमा २२८ रनमै अलआउट भयो। उसका लागि सइद मोनिवले सर्वाधिक ६८ रन बनाए। अक्रामक ब्याटिङ गरेका उनले ३६ बलमा ५ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, प्रविनदर कुमारले २६ बलमा ५३ रन बनाए। उनले १ चौका र ७ छक्का प्रहार गरे। कप्तान मोहम्मद अस्लमले ३३ रनको योगदान दिए। बलिङमा युएईका कार्तिक मयप्पन र जुनैद सिद्धिकीले समान ३ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको युएईले अरविन्द र मुस्तफाको शतक मद्दतमा ६ विकेटको क्षतिमा ३७१ रन बनायो । अरविन्द सर्वाधिक १८५ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका उनले १४७ बल खेल्दै १७ चौका प्रहार गरे।

यस्तै, मुस्तफाले ११८ रनको इनिङ खेले । उनले १२५ बलम १० चौका र ४ छक्का प्रहार गरे। २४–३को अवस्थाबाट खेल्न सुरु गरेका यी दुईले चौथो विकेटका लागि २७५ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

यस्तै, अन्त्यमा आसिफ खानले ९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए। कुवेतका प्रविन्दर कुमार र साहरुख कुडुसले समान २ विकेट लिए।

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्