Kathmandu Press

आईपीएलमा मुम्बईले हैदराबादलाई १४ रनले हरायो

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो । उसका मंयक अग्रवालले सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले ३६ रन जोडे ।
आईपीएलमा मुम्बईले हैदराबादलाई १४ रनले हरायो

काठमाडौं, वैशाख ६ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति हैदराबादमा भएको खेलमा घरेलु टोलीलाई १४ रनले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो । उसका मंयक अग्रवालले सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले ३६ रन जोडे । मुम्बईका जेसन बेहरानड्राफ्ट, राईली मेरीडेथ र पियुष चावलाले समान २/२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । मुम्बईका क्यामरोन ग्रिनले अविजित ६४ रन बनाए । ग्रिनको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो । ईशान किशनले ३८ तथा तिलक बर्माले ३७ रन जोडे । हैदराबादका मार्को जोनसनले २ तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १,१ विकेट लिए ।

मुम्बई ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । समान ५ खेलमा ४ अंकका साथ हैदराबाद अंक तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्