Kathmandu Press

एनआरटीले खुमलटारलाई हरायाे

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
एनआरटीले खुमलटारलाई हरायाे

काठमाडाैं, वैशाख ५ : राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले एफसी खुमलटारलाई पराजित गरेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

एनआरटीको जितमा सरोज तामाङ, सन्जिब विष्ट र मोहित गुरुङले एक एक गोल गरे भने खुमलटारका श्यामु मुर्मुले एक गोल फर्काए। खेलको ६५औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ८२औं मिनेटमा सन्जिबले गोल गर्दै एनआरटीको अग्रता २–० को बनाए। खेलको ८५औं मिनेटमा मोहितले गोल गर्दै एनआरटीलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको ९०औं मिनेटमा खुमलटारका श्यामु मुर्मुले गोल गरेपनि एनआरटी ३–१ ले विजयी भयो।

जितसँगै एनआरटी १० अंक जोडेर दशौँ स्थानमा रहेको छ। खुमलटार १० अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्