Kathmandu Press

कुशलले बनाए २८ बलमै अर्धशतक

पाँचौं नम्बरमा ब्याटिङका लागि आएका उनले २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। उनले भीम सार्कीसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गरेका छन्।
कुशलले बनाए २८ बलमै अर्धशतक

काठमाडाैं, वैशाख : युवा अलराउन्डर कुलश मल्लले मलेसियाविरुद्ध आक्रामक इनिङ खेलेका छन्। एसिसी प्रिमियर कप अन्तर्गत टियू मैदानमा जारी खेलेमा कुशलले मलेसियाविरुद्ध आक्रामक इनिङ खेल्दै २८ बलमै अर्धशतक बनाए।

पाँचौं नम्बरमा ब्याटिङका लागि आएका उनले २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। उनले भीम सार्कीसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गरेका छन्।

१९ वर्षीय कुशलको यो एकदिवसीयमा चौथो अर्धशतक हो । उनी एकदिवसीयमा अर्शतक बनाउने कान्छो खेलाडी हुन्।

यसअघि भीम सार्कीले अर्धशतक बनाए । तेस्रो नम्बरमा ब्याटिङका लागि आएका भीमसले ७५ बलमा ४ चौका प्रहार गरे। ९ एकदिवसीय खेलमा भीमको यो दोस्रो अर्धशतक हो।

भीमको अर्धशतक मद्दतमा २३६ रनको लक्ष्य पछ्याएको नेपाल जिततर्फ अग्रसर भएको छ। ताजा अवस्थामा नेपालले ३३ ओभरमा ३ विकेटको क्षतिमा २११ रन बनाएको छ । कशुल ५७ र भीम ६४ रनमा क्रिजमा छन्।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४३ बलमा ५ चौका प्रहार गर्दै ४२ रन बनाए भने ओपनर कुशल भुर्तेलले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनायो। उसका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ र ओपनर विरन्दीप सिंहले ४६ रन बनाए।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए।

 

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्