Kathmandu Press

पावरप्लेमा नेपालले २ विकेट गुमायो

पहिलो ओभरको अन्तिम बलमा आसिफ सेखलाई गुमाएको नेपालले दसौं ओभरको पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको छ।
पावरप्लेमा नेपालले २ विकेट गुमायो

काठमाडाैं, वैशाख ५ : कीर्तिपुरस्थित टियू मैदानमा मलेसियाले दिएको २३६ रनको मध्य लक्ष्य पछ्याएको नेपालले पावरप्लेमै २ विकेट गुमाएको छ।

पहिलो ओभरको अन्तिम बलमा आसिफ सेखलाई गुमाएको नेपालले दसौं ओभरको पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको छ। २ विकेट गुमाउँदै खेलाले ५३ रन जोडेको थियो।

आसिफ ३ बलमा १ रन बनाउँदै आउट भए भने कुशलले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए। मलेसियाका मोहम्मद वाफिक र रिजवान हैदरले विकेट लिए।

अहिले क्रिजमा भीम सार्की र कप्तान रोहितकुमार पौडेल छन्।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनायो। उसका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ र ओपनर विरन्दीप सिंहले ४६ रन बनाए।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए।

 

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्