मलेसियाविरूद्ध नेपाललाई पाँचौं सफलता
पाचौं विकेटका रुपमा सोमपालले साइद अजिजलाई कप्तान रोहितकुमार पौडेलबाट क्याचआउट गराए।
काठमाडाैं, वैशाख ५ : एसिसी प्रिमियर कपअन्तर्गतको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पाँचौं सफलताका दिएका हुन्।
पाचौं विकेटका रुपमा सोमपालले साइद अजिजलाई कप्तान रोहितकुमार पौडेलबाट क्याचआउट गराए।
नेपालका लागि ललित राजवंशीले २ तथा गुल्सलन झा र सन्दीप लामिछानेले पनि समान १ विकेट लिए।
मलेसियाका लागि कप्तान अहमद फैजले ९५ बलमा ७६ रन बनाउँदा विरन्दीप सिंहले ४६ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए।
टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ४१ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा १७३ रन बनाएको छ।
प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











