नेपाललाई सन्दीपले दिलाए दोस्रो सफलता, कप्तान फैज आउट

काठमाडौं, बैशाख ५ : एसीसी प्रिमियर कप अन्तर्गत जारी मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ५.५ ओभरपछि विकेटविहिन रहेको नेपालका लागि सन्दीप लामिछानेले ३३।२ ओभरमा मलेसियाका कप्तान अमेद फैजलाई आउट गर्दै दोस्रो विकेट लिए ।
सन्दीपले फैजले विरन्दीपसंहसँग १ सय १६ रनको साझेदारीलाई तोड्दै दोस्रो विकेट लिएका हुन् । पहिलो विकेट लिने क्रममा गुलसन झाले ओपनर मोहामद अमिरलाई आउट गरेका थिए । जारी खेलमा मलेसिया ३५ ओभरको समाप्तिमा १४७/२ को स्थितमा रहेको छ ।
प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











