Kathmandu Press

नेपालविरुद्ध मलेसियाको सम्हालिएको ब्याटिङ

३३ ओभरको खेल सकिँदा मलेसियाले १ विकेटको क्षतिमा १३७ रन बनाएको छ।
नेपालविरुद्ध मलेसियाको सम्हालिएको ब्याटिङ

काठमाडाैं, वैशाख ५ : एसिया कप छनोटका रुपमा रहेको एसिसी प्रिमियर कप क्रिकेट आटबा कीर्तिपुरस्थित टियू मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ। १० टिमह सहभागी प्रतियोगितामा पहिलो दिन २ खेल भइरहेका छन्।

कीर्तिपुरस्थि टियू मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ भने मुलपानी क्रिकेट मैदानमा हङकङ र सिंगापुर भिडिरहेका छन्।

कीर्तिपुरस्थित टियू मैदान टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले सम्हालिएको ब्याटिङ गरिरहेको छ। ३३ ओभरको खेल सकिँदा मलेसियाले १ विकेटको क्षतिमा १३७ रन बनाएको छ।

उसका लागि ओभर भिरन्दीप सिंह र अहमद फैजले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेकाछन्। फैज ७६ रन बनाएर खेलिरहेका छन् भने भीरन्दीपले ४० रन बनाएका छन्।

नेपालका लागि ललित राजवंशीले १ विकेट लिए।

प्रकाशित मिति: ११:०१ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्