बेंगलोरविरुद्ध चेन्नईको रोमाञ्चक जित
बेंगलोरस्थित चिन्न स्वामी स्टेडियममा भएको खेलमा घरेलु टोलीले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएको थियो । डिभोन कन्वे र सिभम् दुवेको अर्धशतकीय पारीमा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २६ रनको ठूलो योगफल बनायो ।
काठमाडौं, बैशाख ५ : इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले हराएको छ ।
बेंगलोरस्थित चिन्न स्वामी स्टेडियममा भएको खेलमा घरेलु टोलीले टस जितेर चेन्नईलाई ब्याटिङको निम्तो दिएको थियो । डिभोन कन्वे र सिभम् दुवेको अर्धशतकीय पारीमा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २६ रनको ठूलो योगफल बनायो ।
कन्वेले ४५ बलमा ८३ रन बनाए । उनले ६ छक्का र ६ चौका प्रहार गरे । दुवेले २७ बलमा ५२ रनको पारी खेले । अजिन्का राहनेले ३७ रन बनाए ।
जवाफमा उत्रिएको बेंगलोरले निर्धारित २० ओभरमा ११८ रन बनायो । दुई ओभरमा विराट कोहली र महिपाल लोमररलाई गुमाएको बेंगलोरका लागि कप्तान फाप डु प्लेसिसले ६२ रन बनाएका थिए । मध्य क्रमका ग्लेन म्याक्सवेलले ७६ रन बनाएपनि टिमको हार भने टार्न सकेनन् ।
तुसार देशपाण्डेले तीन विकेट हात पारे । आईपीएलमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् ।