घरमा अनावश्यक खेलौनाको प्रवेश रोक्न चाहनुहुन्छ? तपाईंका लागि एउटा खुशीको समाचार छ। खेलौनाको साटो छुट्टीमा घुमाउने र अनुभव गर्ने अवसर दिए बाल...."/>घरमा अनावश्यक खेलौनाको प्रवेश रोक्न चाहनुहुन्छ? तपाईंका लागि एउटा खुशीको समाचार छ। खेलौनाको साटो छुट्टीमा घुमाउने र अनुभव गर्ने अवसर दिए बाल....">घरमा अनावश्यक खेलौनाको प्रवेश रोक्न चाहनुहुन्छ? तपाईंका लागि एउटा खुशीको समाचार छ। खेलौनाको साटो छुट्टीमा घुमाउने र अनुभव गर्ने अवसर दिए बाल...." />
Kathmandu Press

छुट्टीले बालबालिकाको मष्तिष्क विकासमा सहयोग पुग्ने

घरमा अनावश्यक खेलौनाको प्रवेश रोक्न चाहनुहुन्छ? तपाईंका लागि एउटा खुशीको समाचार छ। खेलौनाको साटो छुट्टीमा घुमाउने र अनुभव गर्ने अवसर दिए बाल....

छुट्टीले बालबालिकाको मष्तिष्क विकासमा सहयोग पुग्ने

घरमा अनावश्यक खेलौनाको प्रवेश रोक्न चाहनुहुन्छ? तपाईंका लागि एउटा खुशीको समाचार छ। खेलौनाको साटो छुट्टीमा घुमाउने र अनुभव गर्ने अवसर दिए बालबालिकाको मष्तिष्कको विकासमा उपहार हुने थुप्रै विशेषज्ञले सुझाएका छन्।

टेलिग्राफमा प्रकाशित एउटा लेखमा साइकोथेरापिस्ट डा. मार्गट सन्डरल्यान्डले “भ्याकेसन“ बालबालिकाको मष्तिष्कको विकासका लागि लगानी हुने बताएकी छिन्। सन्डरल्यान्डले वाशिङ्टन स्टेट युनिभर्सिटीस्थित विश्वकै अग्रणी न्युरोसाइन्टिस्ट प्रोफेसर याक प्यान्कसेपको अनुसन्धानलाई उद्धृत गरेकी छिन्। प्यान्कसेपले “प्ले एन्ड सिकिङ सिस्टम” आविष्कार गरेका हुन्।

Hardik ivf

सन्डरल्यान्डका अनुसार,“बालबालिकाको खुट्टा बालुमा गाड्दा वा ढाडमा राखेर घुमाउँदा मष्तिष्कको प्ले प्रणाली सक्रिय हुन्छ। सँगै जंगल, वा समुद्र किनार जाँदा मष्तिष्कको सिकिङ प्रणाली सक्रिय हुन्छ।” यो प्रणालीको अभ्यासले बालबालिकाको फ्रन्टल लोब बढ्छ। मष्तिष्कको यो भाग संज्ञानात्मक कार्य, समस्याको समाधान, भावनात्मक अभिव्यक्ति, स्मरणशक्ति, भाषा र निर्णय गर्ने सीपका लागि जिम्मेवार हुन्छ। यी प्रणालीको जति बढि प्रयोग गर्योग, उनीहरू त्यति नै बलियो हुन्छन्।
बालबालिकालाई छुट्टीमा लैजाँदा, उनीहरूले नयाँ स्थान अन्वेषण गर्ने अवसर पाउँछन्। यसले “सिकिङ” प्रणाली सक्रिय बनाउँछ। परिवारलाई तनावयुक्त दैनिकीबाट पर राख्न सके सँगै रमाउने प्रोत्साहन पनि मिल्छ।

बालबालिकाको मष्तिष्कको विकासबाहेक पारिवारिक छुट्टीमार्फत् उनीहरूको “प्ले एन्ड सिकिङ सिस्टम” को अभ्यासले समग्र खुशी र हितमा पनि योगदान पुर्याहउँछ। मष्तिष्कमा यी प्रणाली सक्रिय बनाउँदा डोपामाइन, अक्सिटोसिन र ओपियोड्सजस्ता न्युरोकेमिकल उत्पादन हुन्छ। यसले सम्बन्ध नजिकको अनुभव गराउन सहयोग गर्दछ। यसले तनाव पनि कम गर्छ र सबै ठिक भएको अनुभव गराउँछ।

सन् २०१७ को एउटा अध्ययनले सँगै समय बिताउँदा मानिसहरूले सबैभन्दा धेरै माया पाएको अनुभव गर्ने पुष्टि गरेको छ। दि जर्नल अफ सोसल एन्ड पर्सनल रिलेसनसिप्सम प्रकाशित उक्त अध्ययन प्रतिवेदनका लागि १८ देखि ९३ वर्षका झण्डै पाँच सय महिला र पुरूषको सर्वेक्षण गरिएको थियो। अधिकांश मानिसहरू उपहारभन्दा पनि अन्य मानिससँग अन्तरक्रियामार्फत् बढि माया पाएको अनुभव गर्ने गरेको अनुसन्धाताले पत्ता लगाए।

अनुसन्धातामध्ये एक डा. जिटा ओराभिचले भनिन्छ,“मायालु शब्द, बच्चासँग लुटुपुटु गर्ने वा स्नेहभावजस्ता सकारात्मक भावबाट मानिसले बढि माया पाएको अनुभव गर्ने हाम्रो अनुसन्धानले देखाएको छ।” पारिवारिक छुट्टीले यस्तो अन्तरक्रियाका लागि पर्याप्त अवसर जुटाउँछ किनभने उनीहरू दैनिक जीवनका बाधा व्यवधान र जिम्मेवारीबाट टाढा हुन्छन्। त्यसैले आउने विदा वा जन्मदिनका लागि बालबालिकालाई खेलौना किनिदिनेभन्दा त्यहि पैसालाई परिवारसँग छुट्टी मनाउन खर्च गर्नेबारे विचार गर्नुहोस्।
 

प्रकाशित मिति: ०८:०८ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्