Kathmandu Press

कांग्रेस तनहुँद्वारा दुई जनालाई पार्टी सदस्यताबाट निष्कासन

यही वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारविरुद्ध प्रचारप्रसारमा लागेको पाइएकाले पार्टीबाट निष्कासन गरेको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति केशबहादुर सुनारले जानकारी दिए।
कांग्रेस तनहुँद्वारा दुई जनालाई पार्टी सदस्यताबाट निष्कासन

तनहुँ, वैशाख ४ : नेपाली कांग्रेस तनहुँले दुई जनालाई पार्टीको साधरण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ।

यही वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारविरुद्ध प्रचारप्रसारमा लागेको पाइएकाले पार्टीबाट निष्कासन गरेको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति केशबहादुर सुनारले जानकारी दिए।

आँबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्त र वडा ३ निवासी क्रियाशील सदस्य राजु दाहाललाई निष्कासन गरिएको सुनारले बताए। वैशाख २ गतेको निर्णयअनुसार उनीहरूलाई निष्कासित गरेको कांग्रेस तनहुँले जनाएकाे छ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितको) दफा ३४ (४) (ख) बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको आइतबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

कांग्रेस तनहुँले उपनिर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसका पूर्वसचिव तथा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन समिति गठन गरेको छ।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्