प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी
युनाइटेडको जितमा एन्टोनी र डिएगो डालोटले एकरएक गोल गरे । जितसँगै युनाइटेड ३० खेलमा ५९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
काठमाडौं, वैशाख ४ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो ।
युनाइटेडको जितमा एन्टोनी र डिएगो डालोटले एकरएक गोल गरे । जितसँगै युनाइटेड ३० खेलमा ५९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
तालिकामा आर्सनल ७४ अङ्कसहित पहिलो र म्यानचेस्टर सिटी ७० अङ्कसहित दोस्रो स्थानमा छन् ।
नटिङ्घम फरेस्ट २७ अङ्क जोडेर १८औँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: ०८:४८ बजे, सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार