Kathmandu Press

आईपीएल क्रिकेटमा राजस्थानले गुजरातलाई ३ विकेटले हरायो 

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि कप्तान सञ्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय पारी खेले ।  सामसनले ६० रन बनाए भने  हिटमायरले ५६ रन बनाए । यस्तै,  देवदत्त पडिकलले २६, ध्रुव जुरेले १८ रन बनाए।
आईपीएल क्रिकेटमा राजस्थानले गुजरातलाई ३ विकेटले हरायो 

काठमाडौं, वैशाख ४ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ । अहमदाबादमा गएराति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो ।  

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि कप्तान सञ्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय पारी खेले ।  सामसनले ६० रन बनाए भने  हिटमायरले ५६ रन बनाए । यस्तै,  देवदत्त पडिकलले २६, ध्रुव जुरेले १८ रन बनाए।

गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने राशिद खानले २ तथा हार्दिक पान्डे र नुर अहमदले १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

गुजरातका लागि डेबिड मिलरले सर्वाधिक ४६ रन बनाए । शुभमन गिलले ४५, कप्तान हार्दिक पान्डेले २८,  अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन बनाए । राजस्थानका लागि सन्दीप शर्माले दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजभेन्द्र चहलले १र१ विकेट लिए ।

जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

यसअघि हिजोको पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको थियो ।

प्रकाशित मिति: ०७:२७ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्