Kathmandu Press

आईपिएलमा मुम्बईको लगातार दोस्रो जित, कोलकाता ५ विकेटले पराजित

लागतार दुई खेलमा पराजित भएको मुम्बईले लागतार दोस्रो जित निकाल्ने क्रममा कोलकता नाइट राइडर्सलाई ५ विकेटले हरायो।
आईपिएलमा मुम्बईको लगातार दोस्रो जित, कोलकाता ५ विकेटले पराजित

काठमाडाैं, वैशाख ३ : आईपिएलमा मुम्बई इन्डियन्सले लागतार दोस्रो जित निकालेको छ। लागतार दुई खेलमा पराजित भएको मुम्बईले लागतार दोस्रो जित निकाल्ने क्रममा कोलकता नाइट राइडर्सलाई ५ विकेटले हरायो।

वान्खडेमा कोलकताले दिएको १८७ रनको लक्ष्य मुम्बईले १७.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। मुम्बईको जितमा इशन किसनले अर्धशतक प्रहार गरे। उनले २५ बलमा ५ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ५८ रन बनाए।

यस्तै, कप्तान सूर्यकुमार यादवले २५ बलमा ४३ रन बनाए। यसअघिका तीन खेलमा उनी शुन्य रनमा आउट भएका थिए। तिलक बर्माले २५ बल खेल्दै ३०, टिम डेविडले १३ बलमा अविजित २४ र रोहित शर्माले १३ बलमा २० रन बनाए।

कोलकताका लागि सुयास शर्माले २ तथा शार्दुल ठाकुर, वरुण चक्रवर्ती र लकी फर्गुसनले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले वेन्कटेश ऐयरको शतक मद्दतमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो। दोस्रो नम्बरमा ब्याटिङका लागि आएका उनले ५१ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा १०६ रन बनाए।

आईपिएल इतिहासमा उनी शतक प्रहार गर्ने दास्रो खेलाडी बनेका छन्। उनी सन् २००८मा ब्रेन्डन म्याकुलमले शतक प्रहार गरेका थिए।

वेन्कटेशका अलावा आन्द्रे रसेलले २१, रिंकु सिंहले १८ र शार्दुल ठाकुरले १३ रन बनाए।  मुम्बईका लागि ऋतिक शोकिनले २ तथा क्यामरुन ग्रीन, डुवान जानसेन, पियुष चावला र राइले मेरेडिथले समान १ विकेट लिए।

यही खेलमार्फत सचिन तेन्दुलकरका छोरा अर्जुनले पनि आइृपिएलमा डेब्यू गरे। उनले २ ओभर बलिङ गर्दै १७ रन खर्चिए।

प्रकाशित मिति: २०:५३ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्