Kathmandu Press

चीनले ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउँदै 

काठमाडौं, माघ १२ : घातक कोरोना भाइरसको संक्रमणबाट ४२ जनाको ज्यान मृत्यु भएपछि चीनको वुहान शहरमा ६ दिनभित्र एउटा अस्पताल बनाउने काम तीब्र गतिमा भईरहेको....

चीनले ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउँदै 

काठमाडौं, माघ १२ : घातक कोरोना भाइरसको संक्रमणबाट ४२ जनाको ज्यान मृत्यु भएपछि चीनको वुहान शहरमा ६ दिनभित्र एउटा अस्पताल बनाउने काम तीब्र गतिमा भईरहेको छ ।

कोरोना भाइरसबाट प्रभावितहरुको उपचारका लागि यस्तो निर्णय लिइएको हो । चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट एक हजार चार सयभन्दा बढी सङ्क्रमित हुनुका साथै ४२ जनाको ज्यान गइसकेको छ ।

एक करोड १० लाख जनसङ्ख्या रहेको वुहान शहरबाट नै कोरोना भाइरस फैलन सुरु भएको थियो । अहिलेसम्म यो भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र फ्रान्ससम्म पुगिसकेको छ । वुहानका अस्पतालको स्थिति अहिले चिन्ताजनक छ ।

अस्पतालमा बिरामीहरुको भिड लागेको छ, औषधि र पसलको स्टक समाप्त भए पनि माग बढिरहेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ६ दिनमा बन्न लागेको अस्पताल एक हजार शैय्याको हुनेछ । अस्पताल बनाउनका लागि २५ हजार वर्ग मिटर क्षेत्रफलको इलाकामा खन्ने काम भइरहेको छ । 

प्रकाशित मिति: ०७:२७ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्